दफा
प्राज्ञिक परिषद् –
(१) प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यलाई व्यवस्थित गर्ने निकायको रुपमा काम गर्न एक प्राज्ञिक परिषद् रहनेछ ।
(२) उपदफा (१) बमोजिमको प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछ :
(क) शिक्षाध्यक्ष – अध्यक्ष
(ख) प्रतिनिधि, (कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणी) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य
(ग)        प्रतिनिधि, (कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणी) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय  – सदस्य
(घ) प्रतिष्ठानका शिक्षकहरूमध्येबाट सभाले मनोनीत गरेको तीनजना – सदस्य
(ङ) प्रतिष्ठानद्वारा सञ्चालित विभिन्न विषयका कार्यक्रम संयोजकहरुमध्येबाट प्राज्ञिक परिषद्को सिफारिसमा सभाले मनोनीत गरेको तीनजना – सदस्य
(च) चिकित्सा विज्ञानको क्षेत्रमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुमध्येबाट प्रतिनिधित्व हुने गरी प्राज्ञिक सभाले मनोनीत गरेको दुईजना – सदस्य
(छ) नर्सिङ क्याम्पसको प्रमुख – सदस्य
(ज) डीन – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।
(४) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।